नियम १२९
अधिकार प्रत्यायोजन
(१) नेपाल सरकारले यस नियमावली बमोजिम आफूलाई प्राप्त
अधिकार नेपाल सरकारको सेवामा रहेका कुनै कर्मचारीले प्रयोग गर्न पाउने गरी
प्रत्यायोजन गर्न सक्नेछ ।
(२) यस नियमावली बमोजिम कुनै अधिकारीलाई प्राप्त अधिकार आफ्नो सामान्य
रेखदेखमा रही प्रयोग गर्ने गरी निजले आफू मुनिका कर्मचारीलाई प्रत्यायोजन गर्न
सक्नेछ ।